शनिबार, बैशाख १५, २०८१

उरुग्वे र कोष्टारिका विश्वकप महासङगामको अन्तिम १६ मा

 काठमाडौं आषाढ ११, विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत समुह ‘डी’को अन्तिम चरणका खेल समाप्त भएका छन्। उरुग्वे र कोष्टारिका दोस्रो चरणमा प्रवेश गरेका छन्। कोष्टारिका समुह बिजेता हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ।

world-cup-finel  उरुग्वे र ईटली बिच भएको  घम्साघम्सी  खेलको दोस्रो हाफमा रेडकार्ड खादै १० खेलाडीमा सिमित भएको ईटली उरुग्वेको तर्फबाट  ८१औ मिनेटमा  भएको १ गोलका कारण जारि विश्वकपबाट बाहिरीन बाध्य भएको हो ।

आजकोखेलमा दोस्रो चरणमा प्रवेश गर्न ईटलीलाई बराबरी खेल खेले पुग्ने तर  उरुग्वेलाई जित्नै पर्ने दवाव रहेको थियो। उक्त दवावलाई चिर्दै उरुग्वे १-० को गोल अन्तरमा ईटालीलाइ पछि पार्दै दोस्रो चरणमा प्रवेश गर्न सफल भएको हो ।

त्यस्तैगरी मङगलवारनै  भएको  समुह ‘डी’  को अर्को खेलमा ईङल्याण्ड र कोस्टारिकाले बराबरी खेलेकाछन्।उक्त बराबरीसँगै कोष्टारिका ७ अंक जोड्दै समुह बिजेता बन्न सफल भएको हो।