बिहिबार, बैशाख २०, २०८१

विश्वकप महासङग्राममा आज समूह ‘एफ’ र समूह ‘इ’ को अन्तिम चरणका खेलहरु हुँदै

अर्जेन्टिना – नाइजेरिया तथा फ्रान्स – ईक्वेडर वीच रोमाञ्चक भिडन्त हुने 

काठमाडौं आषाढ ११, विश्वकप महासङग्राम अन्तर्गत आज राति पौने १० बजे समूह ‘एफ’ र राति पौने २ बजे समूह ‘इ’ को अन्तिम चरणका खेलहरु हुँदैछन् । राति पौने १० बजे समूह ‘एफ’ अन्र्तगत अर्जेन्टिना र नाइजेरिया तथा ईरान र बोस्निया हर्जगोविना भिड्दैछन् भने समूह ‘इ’ को खेलमा फ्रान्स world-cup-finelर ईक्वेडर तथा स्वीट्जरल्याण्ड र होन्डुरसवीचको खेल हुने भएको छ ।

समूह ‘एफ’ बाट यसअघि दुवै खेल जितेका अर्जेन्टिना प्रिक्वार्टरफाइनलमा पुगिसकेको छ भने एक खेल जितेर एकमा बराबरी गरेको नाइजेरियाको सम्भावना बलियो छ । त्यसैगरी नाइजेरियासंग बराबरी खेलेको ईरानको एक अंक छ ।  दुवै खेलमा पराजित  बोस्निया हर्जगोविना भने प्रतियोगिताबाट बाहिरिइसकेको छ ।  आजको खेलमा अर्जेन्टिनाले समूह विजेता बन्नका लागि बराबरी गरे पुग्नेछ । त्यसैगरी नक आउट चरण प्रवेश ढुक्क गर्न नाइजेरियाले पनि सकभर जित्नु पर्ने हुन्छ कि कम्तीमा बराबरी गर्नुपर्नेछ ।

त्यस्तै नाइजेरियाको भविष्य भने इरान र बोस्निया हर्जगोविनाबीचको खेलले निर्धारण गर्ने भएको छ । यदि ईरान पराजित भए नाइजेरिया समूह चरणको अन्तिम चरणमा पुग्ने छ त्यस्तै इरान ले जित्यो भने नाइजेरियाको हालत पनि असामान्य बन्ने विश्लृषकहरुले बताएका छन । त्यसैगरि लगातार दुई जित र फराकिलो गोल अन्तरका कारण फ्रान्सले प्रिक्वार्टरफाइनलमा ठाउँ लगभग पक्का गरिसकेका अवस्थामा समान ३÷३ अंकका इक्वेडर र स्वीट्जरल्याण्डमध्ये एक टिम प्रिक्वार्टरफाइनलमा पुग्नेछ । दुवै खेल हारेको होन्डुरस प्रतियोगिताबाट बाहिरिइसकेको अवस्था छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031