शुक्रबार, बैशाख १४, २०८१

अर्जेन्टिनाले अन्तिम १६ स्थान जमाउँदै गर्दा उपाधि दाबेदार मानिएको जर्मनीलाई घानाको झड्का

नाइजेरियाद्धारा बोस्निया १-० गोलअन्तरमा पराजित

काठमाडौं आषाढ ८, विश्वकप महासङग्राम अन्र्तगत आइतवार पौने १ वजे जर्मनी र घानावीचको भएको खेलमा घानाले जर्मनीलाई बराबरीमा Fifa2014WorldCupQualifiersरोकेको छ । उपाधि दाबेदार मानिएको जर्मनीलाई घानाले २–२ को बराबरीमा रोकेको हो । त्यस्तैगरिविहान पौने भारवजे भएको खेलमा नाइजेरियाले बोस्निया हर्जगोभिनालाई १-० गोलअन्तरमा पराजित गर्दै समूह चरणबाट अन्तिम १६ मा पुग्ने संभावनालाई कायम राखेको छ ।
नाइजेरियाले पहिलो खेलमा इरानसँग गोलरहित बराबरी खेलेको थियो भने यसरी समुह एफु मा दुई खेलपछि अर्जेन्टिनाको ६, नाइजेरियाको चार र इरानको १ अंक छ। बोस्निया अंकबिहिनको अवस्थामा रहेको छ ।

यसैवीच आज विश्वकप महासङग्राम अन्तर्गत राति समूह ‘जी’ र ‘एच्’का दोस्रो चरणका अन्तिम खेलहरु हुँदैछन् । समूह ‘एच’को खेलमा राति पौने १० बजे बेल्जियम र रुस त्यस्तैगरि  विश्वकप महासङग्राम अन्तर्गत समुह ‘एच’को खेलमा राति पौने १ बजे दक्षिण कोरिया र अल्जेरिया त्यस्तैगरी समुह ‘जी’ को दोस्रो चरणको अन्तिम खेलमा सोमवार बिहान पौने ४ बजे अमेरिका र पोर्चुगलवीचको हुनेछ ।