शनिबार, बैशाख १५, २०८१

राप्रपा नेपालको अध्यक्षमा कमल थापा निर्वाचित

Kamal-Thapa-Raprapa-Nepalकाठमाडौं ज्येष्ठ १४, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको नयाँ नेतृत्व चयनको लागि मङलवार विद्युतीय प्रणालीबाट भएको निर्वाचनबाट पार्टीको अध्यक्षमा पून कमल थापा निर्वाचित भएका छन्। निर्वाचित थापाले एक हजार पाँच सय ४२ मत र उहाँका प्रतिद्वन्दी पद‌्म सुन्दर लावतीले एक सय ६८ मत पाएका थिए।

त्यसैगरी मंङलवार भएको निर्वाचनबाट ६३ जना केन्द्रीय सदस्यमा धवलशम्शेर राणा, राजाराम श्रेष्ठ राजेन्द्र लिङ्देन,चन्द्र बहादुर गुरुङ,राजिव पराजुली,मिरा राणा लगायत नेताहरु  निर्वाचित हुनुभएको थाह भएको छ । बाँकी ६३ सदस्य भने   निर्वाचित अध्यक्षले मनोनयन गर्ने प्रावधान संशोधित विधानमा रहेका बुझिएके छ ।

अरु को-को भए  निर्वार्चित जान्नको लागि यहाँ क्लिक गर्नुहोस