बिहिबार, बैशाख १३, २०८१

एमाओवादीमा नेता पोष्टबहादुरको लोकप्रियता चुलियो

नेता बाबुराम भट्टराईले भने एमाओवादी  नेतृत्व चयनका लागि भएको  निर्वाचन नौटंकी सिवाय केहि होईन

काठमाडौं ज्येष्ठ १३ , एमाओवादीको पदाधिकारी चयनका लागि आज भएको निर्वाचनबाट दुई उपाध्यक्ष, महासचिव, तीन सचिव र कोषाध्यक्ष चयन timthumbभएको छ । केन्द्रीय सदस्यको मतको आधारमा भएको उक्त निर्वाचनमा पोलिटव्यूरो र स्थायी समिति सदस्यको निर्वाचनमा जस्तै नेता पोष्टबहादुर बोगटीले सबैभन्दा बढी मत ल्याएरए माओवादी भित्रको आफ्नो लोकप्रियतालाइ कायमनै राखेको छ । नेता वोगटीले आज भएको पदाधिकारी निर्वाचनमा पनि १०९ मत प्राप्ति गर्दै विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै नारायणकाजी श्रेष्ठले १०६ मत प्राप्त गर्दै उपाध्यक्ष पदमा निर्वार्चित भए भने । महासचिवमा कृष्णबहादुर महरा १०१ मतसहित विजयी हाँसिल गरेका छन । सचिवत्रयमा टोपबहादुर रायमाझीले १००, बर्षमान पुनले ९७, गिरिराजमणी पोखरेलले ९६ मत पाए । कोषाध्यक्षमा हरिबोल गजुरेल १०१ मतका साथ विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

एमाओवादीले यसअघि नै प्रत्यक्ष मतदानको आधारमा ५० जना पोलिटव्यूरो र १६ स्थायी समिति सदस्य चयन गरिसकेको छ । निर्वाचन प्रक्रिाकको वहिष्कार गदै आएका नेता बाबुराम भट्टराईको लागि भने एमाओवादीको मङगलवार विहान बसेको बैठकले विधान संशोधन गरी वरिष्ठ सदस्य पद सिर्जना पदाधिकारी वैठकमा सहभागी हुन पाउने प्रावधान कायम गरेको छ ।

पुष्पकमल:  दाहाल प्रचन्द
वरिष्ठ सदस्य: बाबुराम भट्टराई
उपाध्यक्ष: पोष्टबहादुर बोगटी
उपाध्यक्ष: नारायण्काजी श्रेष्ठ
महासचिव: कृष्ण बहादुर महरा
सचिव: टोपबहादुर रायमाझीले
सचिव: बर्षमान पुन
सचिव गिरिराजमणी पोखरेल
कोषाध्यक्ष :हरिबोल गजुरेल

यसै वीच एमाओवादी नेता बाबुराम भट्टराईले

नेतृत्व चयनका लागि पार्टीमा भएको निर्वाचनलाई नौटंकीको संज्ञा दिएका छन् । नेता बाबुराम भट्टराईले केहीबेर अघि ट्वीट गर्दै भनेका छन्, मनोनित केन्द्रीय समितिले उम्मेदवार नै नभएको व्यक्तिलाई समेत प्रायोजित ढंगले चुन्ने नौटंकीलाई एकजना कमरेडले भारदारी लोकतन्त्र भनेको सुनियो ।