शनिबार, बैशाख १५, २०८१

जनकपुर बम काण्डका मुख्य आरोपी सभासद् साहलाई पूर्पक्षका लागि सिरहा कारागार पठाइने

जनकपुर  वैशाख २८,  पाँचजनाको ज्यान जानेगरी भएको जनकपुर बम काण्डका मुख्य आरोपी सभासद् सञ्जयकुमार साहलाई जिल्ला अदालत Sanjay-saha- धनुषाले सिरहा कारागार पठाउने आदेश दिएको छ । यसअघि गत बिहीबार जिल्ला अदालत धनुषाका न्यायाधीश कैलास केसीले निज साहलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिँदै महोत्तरीको जलेश्वर कारागारमा राख्न आदेश दिनुभएको थियो ।

तर महोत्तरी कारागारले सुरक्षाका कारण देखाउँदै निज साहलाई राख्न इन्कार गरेको थियो । निज साह अहिलेसम्म जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका छन् । जिल्ला अदालत धनुषाका न्यायाधीश लोकजङ्ग शाहले आज साँझ निज साहलाई सिरहा कारागार पठाउन आदेश दिएको अदालतका स्रेस्तेदार नरनारायण पौडेलले जानकारी दिनुभयो ।