शुक्रबार, बैशाख १४, २०८१

विश्वकप क्रिकेट सुरु, टस हारेर नेपाल ब्याटिङ गर्दै

 काठमाडौँ चैत २ ,अन्तर्रााष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सञ्चालन गरेको ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले पहिलोपटक बङ्गलादेशको चटगाउँस्थित अमद चौधरी रङ्गाशालामा केहीबेरअघि टस हारेर व्याटिङको सुरु गर्दै  क्रिकेट खेलको इतिहासमा  नयाँ Captureअध्याय प्रारम्भ गरेको छ ।  विश्वकप छनोट चरणको सफल यात्रासँगै नेपाली टिमको नेतृत्व कप्तान पारस खड्काले गरेका छन् । 

उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, सागर पुन, सोमपाल कामी, प्रदीप एरी, अमृत भट्टराई, अनिल मण्डल, राहुल विश्वकर्मा, जितेन्द्र मुखिया, सुवास खकुरेल, वसन्त रेग्मी, विनोद भण्डारी र नरेश बुढाऐरको टोली नेपालको नाक राख्न मैदानमा उत्रेको छ ।