बिहिबार, बैशाख १३, २०८१

नेपालद्दारा हङकङ ८० रनको फराकिलो अन्तरमा पराजित, अर्को खेल चैत्र ४ गते बङ्गलादेशसंग खेल्ने

विश्वकप क्रिकेटः 

 काठमाडौँ चैत २,  नेपालले आइसीसी विश्वकप ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगितामा हङकङलाई ८० रनको फराकिलो अन्तरले पराजित गर्दै उत्कृष्ट सुरुवात Captureगरेको छ । पहिलोपटक विश्वकप प्रतियोगितामा सहभागी भएको नेपालको यो पहिलो जित हो । नेपालले प्रस्तुत गरेको १५० रनको चुनौतीको सामना गदै जवाफी ब्याटिङमा उत्रेको हङकङले आफूलाई ६९ रनमा समेटेको थियो । हङकङलाई सस्तैमा समेट्न नेपाली टोलीका शक्ति गौचन र विनोद रेग्मीले समान तीन–तीन विकेट लिएका थिएभने जितेन्द्र मुखियाले दुई र कप्तान पारस खड्काले एक विकेट लिएका थिए ।

 नेपालले यो जितसँगै अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ इतिहास सहित नेपालले   समूह चरणका खेलमा दुई अङ्क बटुलेको छ । अव नेपालले बङ्गलादेशसंग चैत्र ४ गते अर्को खेल खेल्ने छ ।