शनिबार, बैशाख ८, २०८१

टी–२० विश्वकप क्रिकेटमा नेपालको पहिलो खेल हङकङसंग

 काठमाडौं चैत १, बंगलादेशमा आईतवारदेखि सुरु हुँने २०–२० विश्वकप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउँदै गरेको नेपालले पहिलो खेलमा चिरपरिचित downloadप्रतिद्धन्द्धी हङकङको सामना गर्दैछ । हङकङ नेपालकै हैसियतको टिम भएकाले पनि नेपालले ठोस सुरुवात गर्ने विश्वास गरिएको छ । खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे बंगलादेशको चट्गाउँमा सुरु हुनेछ ।यसअघिका वार्मअप खेलमा भने पराजित भएको नेपालका लागि ब्याटिङ लाइन सशक्त पार्न दबाब बढेको छ । तर, टी–२० मा नेपालको प्रदर्शन राम्रो हुने गरेकाले पनि पहिलो अनुभवमै ठोस नतिजा निकाल्नेमा आशावादी हुन सकिन्छ । चार टोली सहभागी समूहको शीर्ष टिमले विश्वकपको अर्को चरणमा ठाउँ बनाउने भएकाले पनि हरेक खेल महत्वपूर्ण रहेको सम्वद्ध विश्लेषकले बताएका छन ।

नेपाली टोलीमा कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल तथा अन्य खेलाडीमा शरद भेषवाकर, सागर पुन, सोमपाल कामी, प्रदीप एरी, अमृत भट्टराई, अनिल मण्डल, राहुल विश्वकर्मा, जितेन्द्र मुखिया, सुवास खकुरेल, वसन्त रेग्मी, विनोद भण्डारी र नरेश बुढाऐर छन् । समूह ‘ए’ मा नेपालसहित हङ्कङ, बङ्गलादेश र अफगानिस्तान तथा समूह ‘बी’ मा आयरल्यान्ड, नेदरल्यान्ड्स, युएई र जिम्बावे छन् । सन् २००७ देखि भएको टि–ट्वन्टी विश्वकप क्रिकेट प्रतियोगिताको यो पाँचौँ संस्करणको खेल हो । प्रत्येक दुई वर्षमा हुने सो प्रतियोगितामा सन् २०१२ मा भएको विश्वकपको उपाधि वेस्टइन्डिजले हात पारेको थियो । अन्तर्रााष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आयोजना गर्ने उक्त प्रतियोगितामा कुल १६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।