शुक्रबार, बैशाख १४, २०८१

काँग्रेसमा चुलियो फेरि सभापति विवाद

 काठमाडौं चैत्र ४, नेपाली कांग्रेस भित्र कार्यवाहक सभापतिको विवाद भुसको आगो सरि विस्तारित हुँन थालेको छ । पार्टी उपसभापति रामचन्द्र पौडेलले सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाले आफूलाई कार्यवाहक सभापति दिन नमानेपछि प्रस्तुत विवाद विस्तारित हुन थालेको खवर आजको कान्तिपुर nc jhandaदैनिकमा प्रकाशित रहेको छ । बताईएको छ ।
प्रधानमन्त्री कोइराला विमस्टेक बैठकबाट फर्केलगतै पौडेलले सहमतिअनुसार कार्यवाहक दिन माग गरेका थिए । त्यतिबेला कोइरालाले मौखिक रूपमा उनलाई पार्टी सञ्चालन गर्न भनेका थिए । पौडेलले लिखित रूपमै माग गर्दा भने कोइराला मौन रहेको स्रोतले बतायो । तपाईं उपसभापति हो, कार्यवाहक सभापतिकै हैसियतमा काम गर्नुहोस् भनेर प्रधानमन्त्रीले भन्नुभएको छ, स्रोतले भन्यो, तर पौडेलजीले लिखित नभई पार्टी सञ्चालन गर्ने अधिकार नहुने बताउँदै आउनुभएको छ ।

संसदीय दलको नेता निर्वाचनका बेला कार्यवाहक सभापति पाउने सहमतिमा पौडेलले कोइरालालाई सघाएका थिए । पौडेल निकट नेताहरूले कार्यवाहक सभापति दिने, संविधान जारी भएपछि सरकारको नेतृत्व छाड्नेलगायत एघार बुँदे सहमतिपछि मात्र त्यतिबेला कोइरालालाई सहयोग गरेको बताएका छन् । महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरू महेश आचार्य र दीपकुमार उपाध्यायको पहलमा दलको नेता निर्वाचनको अघिल्लो दिन माघ ११ गते त्यस्तो सहमति भएको थियो । पौडेलले त्यसै दिन सहमतिबारे सार्वजनिक गरेका थिए ।

पौडेलसँगको सहमतिपछि त्यतिबेला वरिष्ठ नेता शेरबहादुर देउवा पक्ष चिढिएको थियो । मुख्य पक्षलाई बेवास्ता गरी आफ्नै समूहभित्र सहमति गरेको भन्दै देउवा कोइरालासँग चुनाव लडेका थिए । प्रधानमन्त्री भएको पाँच साता नाघिसक्ता पनि कार्यवाहक नदिएपछि पौडेल प्रधानमन्त्री निवास नै बिरलै जान थालेका छन् । विशेष काम हुँदा मात्र जान्छन् । सभापतिले कार्यवाहक दिने प्रतिबद्धता गरेको भनेर दलको निर्वाचन हुने अघिल्लो दिन उपसभापति पौडेलजीले हामीलाई र सार्वजनिक रूपमा बताइसक्नुभएको हो, केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने, कांग्रेसमा बोल्ने तर नगर्ने विशेष चरित्र नै स्थापित भएको छ ।

पौडेललाई कार्यवाहक सभापति दिँदा देउवा पक्ष चिढिने र त्यसको असर सरकारमा पर्ने कोइरालाको चिन्ता छ । पार्टीको शक्ति केन्द्र आफैंमा केन्द्रित गर्ने मनोभावना पनि कोइरालाको देखिन्छ, पार्टीका एक नेताले भने, यो विषय अब हुने पार्टी बैठकमा उठ्छ ।