शुक्रबार, बैशाख १४, २०८१

सहमति कार्यान्वयन नभएसम्म एमाले सरकारमा सहभागी नहुने,सहमतिबाट कांग्रेस पछि हटेको आरोप

 काठमाडौँ माघ २८, नेकपा एमालेको संसदीय दलको कार्यालयमा आज बसेको स्थायी समितिको बैठकले काँग्रेससंग सरकार गठनका लागि भएको ७ बुँदे UML_FLAGसहमति अनुसार मन्त्रालयको बाँडफाँडमा कुरा नमिलेको भन्दै वर्तमान सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।   ७ बुँदे सहमति गर्दा गृह मन्त्रालय नेकपा  एमालेलाइ दिने सम्बन्धमा भएको सहमतिलाइ अहिले काँग्रेसले नजर अन्दाज गर्दै त्यस्तो सहमति नभएको जनाउँदै कांग्रेस सहमतिबाट पछि हटेको  आरोप सहित एमालेले सरकारमा नजाने निर्णय गरेको हो  ।

बैठक पछि एमालेका महासचिव ईश्वर पोखरेलले सहमति कार्यान्वयन नभएसम्म सरकारमा सहभागी नहुने निर्णय गरेको पत्रकारलाईजानकारी दिनु भएको छ । त्यस्तै उहाँले नवनियुक्त प्रधानमन्त्री कोईरालाको शपथ कार्यक्रममा पूर्व प्रधानमन्त्रीका हैसियतले  पार्टी अध्यक्ष,वरिष्ठ नेता माधव कुमार नेपाल लगायत केहि नेतामात्र  मात्र सहभागी हुने बताए ।