बिहिबार, बैशाख १३, २०८१

एमालेलाई गृहमन्त्रालय दिने विषयमा पार्टी भित्रबाटै षड्यन्त्र भईरहेको काँग्रेस नेतृ कोइरालाको खुलासा

काठमाडौं माघ २९, नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले संविधान निर्माणको जिम्मेवारी पुरा गर्नुपर्ने समयमा एमालेसँग भएको सहमति अनुसार sujataगृहमन्त्रालय दिदा फरक नपर्ने बताईएकी छिन । कांग्रेसले गृहमन्त्रालय कुनै पनि हालतमा आफूहरुले नै राख्नु पर्ने अडान अघि सारिरहेको बेला नेतृ कोइरालाले एमालेसँग सहमति गरेर गृहमन्त्रालय नदिई धोका दिने कामले काँग्रेसको छवि विग्रने चेतावनी दिइन् ।

राजधानीमा  भएको  एक साक्षात्कारमा उनले संविधान निर्माण गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएकोले कांग्रेसले एमालेसहित सबै दलहरुलाई साथ लिएर जान सक्नु पर्ने बताइन् । गृहमन्त्रालयको विषयमा पार्टी भित्रबाटै षड्यन्त्र भईरहेको खुलासा गर्दै कोइरालाले त्यसलाई चिर्दै प्रधानमन्त्री सुशिल कोइरालाले आफै निर्णय लिएर अघि बढ्नु पर्ने पनि बताइन् ।

  सभामुखका उम्मेदवार नेम्वाङगको पक्षमा कांग्रेसले मतदान नगरे सरकारलाई दिएको समर्थन फिर्ता :  शंकर पोख्रेल

त्यस्तै साक्षात्कारमा एमालेका सचिव शंकर पोख्रेलले एमालेका सभामुखका उम्मेदवार सुवास चन्द्र नेम्वाङगको पक्षमा कांग्रेसले मतदान नगरे images (6)सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिदै त्यसपछि काग्रेससँग भएको सात बुँदे सहमति पनि भंग हुँने बताए । साथै पोखरेलले वार्ताको बेला मन्त्री नियुक्ति गर्ने अधिकार प्रधानमन्त्रीको हुने भएकोले त्यस्तो विषयमा लिखित निर्णय नगरौं भनेर शीर्ष नेताहरुवीच भद्र सहमति गरिएको उल्लेख सहमति अनुसार कांग्रेसले एमालेलाई गृहमन्त्रालय नदिए सरकारमा नजाने तर एमालेको सभामुखको उम्मेदवारको पक्षमा मतदान गरे तत्कालै समर्थन फिर्ता नलिई तीन महिनासम्म सरकारको कामलाई हेर्ने स्पष्ट पारे ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31