शुक्रबार, बैशाख १४, २०८१

घरायसी विवादमा छिमेकीबीच खुकुरी हानाहान

 इलाम माघ १८, इलामको लुम्देमा गएराति दुई जना छिमेकीबीच खुकुरी हानाहान हुँदा एक व्यक्ति गम्भीर घाइते भएका छन् । घरायसी विवादलाई लिएर khukurikhukuri-259x300दुईजनामा खुकुरी हानाहान भएको हो । लुम्दे–६ का ६० वर्षीय सत्यराम सेञ्चुरीले सोहीस्थानका कमल राईलाई खुकुरी प्रहार गर्दा राईको बायाँखुट्टामा गम्भीर चोट लागेको छ ।

घाइते राईको इलाममा उपचार हुन नसकेपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लगिएको छ । राईको खुट्टा र अन्य भागमा समेत चोट लागेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने सेञ्चुरीलाई राति नै प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया सुरु गरेको प्राप्त समाचारमा जनाएको छ ।