शुक्रबार, बैशाख १४, २०८१

कारागारभित्र समता विद्यालय खोलिने

 वीरगन्ज माघ २३, आमासँगै बन्दी जीवन बिताइरहेका बालबालिकालाई लक्ष्यित गरेर वीरगन्ज कारागार परिसरमा समता विद्यालय स्थापना हुने भएको hqdefaultछ । आउँदो शैक्षिक सत्रदेखि कक्षा सञ्चालन गर्ने लक्ष्यका साथ निर्माण गर्न लागिएको उक्त विद्यालयमा पहिलो चरणमा पूर्व प्राथमिक कक्षा सञ्चालन हुनेछ । तत्कालका लागि २५० विद्यार्थी पढ्न पुग्ने १० कोठे पक्की भवन निर्माण गर्ने योजना रहेको छ ।

विद्यालय भवन निर्माणका लागि पर्साका प्रमुख जिल्ला अधिकारी कैलाशकुमार बजिमयको रोहवरमा समता विद्यालयका अध्यक्ष उत्तम सञ्जेल र वीरगन्ज कारागार प्रमुख धीरज मरासिनीबीच मङ्गलबार लिखित सम्झौतासमेत भएको छ । सम्झौताबमोजिम विद्यालय निर्माणका काम तत्काल सुरु गरिने छ ।

समता विद्यालयका अध्यक्ष सञ्जेलले भन्नुभयो – “बालबालिकालाई आमाको न्यानो मायाबाट वञ्चित गराएर लग्नुभन्दा कारागार परिसरमै विद्यालय स्थापना गर्नु राम्रो देखेर हामीले यस्तो योजना ल्याएका हौँ ।” विद्यालयको स्थापनापछि शिक्षाको उज्यालो घामबाट टाढा रहेका कैदीबन्दीका बालबालिकाले पनि शिक्षा प्राप्त गर्नेछ । आवश्यकताबमोजिम पछि क्रमशः कक्षा विस्तार गर्दै जाने योजना रहेकोसमेत अध्यक्ष सञ्जेलले बताउनुभयो ।

विद्यालयमा शिक्षकको व्यवस्था, विद्यार्थीको पाठ्यपुस्तक र पोसाक समताले उपलब्ध गराउने छ भने शैक्षिक सामग्रीलगायत स्टेसनरीको व्यवस्था कारागार परिवार र स्थानीय बासिन्दाको पहलमा जुटाउने सहमति भएको छ । कारागारमा बन्दी आमासँगै १० अबोध बालबालिका रहेको कारागार प्रमुख मरासनीले बताउनुभयो । काठमाडाँै र पोखरालगायतका विभिन्न बालगृहमा आश्रित बन्दी आमाका छोराछोरीलाई पनि कारागारमा फर्काएर यही पढ्ने वातावरण बनाउने योजना रहेको बताइएको छ । rss