शनिबार, बैशाख १५, २०८१

काँग्रेस र एमाले मिलेर सरकार गठन गर्न नसके एमाओवादी सरकारमा सहभागी हुने:अध्यक्ष दाहाल

 चितवन माघ २६, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै काँग्रेस र एमाले Prachandaमिलेर सरकार गठन गर्न नसकेको अवस्थामा आफूहरु सरकारमा सहभागी हुने बताउनुभएको छ । जनादेशअनुसार काँग्रेस र एमाले मिलेर सरकार गठन गर्नुपर्ने बताउँदै उहाँले सरकार निर्माणमा सङ्कट नै आइपरेमा सङ्कट समाधानका लागि आफ्नो पार्टी सरकारमा सहभागी हुने स्पष्ट पार्नुभयो ।

अध्यक्ष प्रचण्डल काँग्रेस र एमालेलाई मिलेर सरकार बनाउन आग्रहसमेत गर्नुभयो । शान्ति र संविधान आफ्नो पार्टीको पहिलो प्राथमिकता भएको भन्दै उहाँले जनतासँग गरिएको प्रतिबद्धताअनुसार एक वर्षभित्रमा संविधान जारी गर्न आफूहरु लाग्ने बताउनुभयो । शक्ति बाँडफाँडको प्रक्रिया सुुरु भएमा सभामुख पदमा आफूहरुको दाबी रहेको बताउँदै उहाँले राष्ट्रपति र उपराष्ट्रपतिलाई नयाँ जनादेशअनुसार संविधानसभाले अनुमोदन गर्नुपर्ने प्रष्ट पार्नुभयो । एनेकपा माओवादीले एमालेलाई समर्थन गर्ने भन्ने प्रचारबाजी गलत भएको उहाँको भनाइ थियो । रास