शुक्रबार, बैशाख ७, २०८१

७ बुँदे सहमति संगसंगै काँग्रेस र एमालेबीच अड्केको गाँठो फुक्यो, कोइरालाको नेतृत्वमा सरकार गठनको मार्ग प्रसस्त

  काठमाडौँ माघ २६ ,   सरकार गठनको सवालमा विगत केहि दिन यता देखि पटक पटकको छलफल पछि अन्तत राष्ट्रपतिको निर्वाचन र मन्त्रालय बाँडफाँडको प्रसंगमा काँग्रेस र एमालेबीच अड्केको गाँठो फुकाउँने प्रयास संविधानसभाका दुई ठूला दल काँग्रेस र एमालेको संयुक्त सरकार निर्माणका लागि ७ बुँदे सहमतिमा पुगेर टुङगिएको छ । 

nc & umlसरकार गठनको लागि दुई दलबीच केही दिनयता चरणबद्ध छलफल र वार्ता भएपनि सहमतिका लागि काँग्रेसले संसदीय दलको बैठकपछि राष्ट्रपति, उपराष्ट्रपतिको नयाँ निर्वाचन लगायतका विषयमा नेपालको अन्तरिम संविधान २०६३ मा आवश्यक संशोधन गर्ने तथा सो निर्वाचनसम्म वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिलाई निरन्ततता दिन संविधानससभाबाट अनुमोदन गर्ने प्रस्ताव प्रस्तुत भएपछि एमालेले उक्त प्रस्तावमा सहमति जनाएका थिए ।

त्यस्तै राष्ट्रपति र उपराष्ट्रपतिलाई निरन्ततताका सवाद संगसंगै शक्ति बाँडफाड लगायतका अन्य प्रस्तावमा पनि दुई दलबीच देखिएको मतान्तर अन्त भई काँग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा नयाँ सरकार गठन गर्ने मार्ग प्रसस्त भएको हो ।

छलफल पछि संविधानसभा भवनमा आज अपरान्ह भएको सहमति अन्र्तगत प्रधानमन्त्री पदका लागि व्यवस्थापिका–संसदबाट भोलि हुने निर्वाचनमा काँग्रेस संसदीय दलका नेता सुशील कोइरालालाई एमालेले समर्थन गरी मतदान गर्ने सहमति भएको काँग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडूले बताउनुभयो । त्यस्तै दुई दलबीच बाह्रबुँदे सहमति, विस्तृत शान्ति सम्झौता, नेपालको अन्तरिम संविधान २०६३ र ताजा जनादेशको मूल मर्म र भावना बमोजिम सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान एक वर्षभित्र निर्माण गर्ने सहमति भएको प्रवक्ता बडूले बताउँनु भएको छ । साथै अघिल्लो संविधानसभाबाट संविधान निर्माणको सम्बन्धमा विधिसम्मत भएका सहमतिहरूको निक्र्यौल गर्दै स्वामित्व लिन पनि दुवै दल सहमत हुनुको अलावा संविधानसभाबाट पारित संविधान सार्वजनिकीकरण भएपछि उक्त संविधान प्रारम्भ हुनुअघि संविधानसभा व्यवस्थापिका–संसदबाट राष्ट्रपति, उपराष्ट्रपति, संविधानसभाका अध्यक्ष एवं उपाध्यक्ष र प्रधानमन्त्रीको निर्वाचन गर्न पनि दुई दल राजी भएका छन् ।

एमाले काँग्रेसबीच भएको यो सहमतिपछि काँग्रेस सभापति कोइरालाले संसद सचिवालयमा आफ्नो प्रधानमन्त्रीको मनोनयन दर्ता गर्नुभएको थियो । मनोनयपत्र दर्ता गरेलगत्तै सञ्चारकर्मीको प्रश्नमा सभापति कोइरालाले सबै दलहरूसँगको सहमति, एकता र मेलमिलापको आधारमा एक वर्षभित्रमै लोकतान्त्रिक संविधान बनाउने प्रतिबद्वता व्यक्त गर्नुभएको थियो । कोइरालाको प्रस्तावकमा काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले र समर्थकमा एमाले संसदीय दलका नेता केपी शर्मा ओली हुनुहुन्छ ।

यस्तो छ काँग्रेस एमालेवीच भएका ७ बुँदे सहमतिमाका बुँदा : 

१.एक वर्षभित्र नयाँ संविधान जारी गर्ने।

२.अघिल्लो संविधानसभाले गरेका कामहरुको स्वामित्व ग्रहण गर्ने।

३. संविधानसभाले राष्ट्रपति र उपराष्ट्रपतिको अनुमोदन गर्ने। त्यसका लागि संविधान संशोधन प्रस्ताव सरकारले ल्याउने।

४. एमालेले कांग्रेसको नेतृत्वमा सुशील कोइरालाको सरकारलाई समर्थन गर्ने

 ५. एक वर्षभित्र संविधान जारी भएपछि राष्ट्रपति, उपराष्ट्रपति र सभामुखसहितका पदाधिकारीहरुको निर्वाचन गर्ने।

६.सरकार निर्माणका लागि कांग्रेसले सात दिनभित्र नीति तथा कार्यक्रमको खाका तयार गर्ने।

७. एमालेलाई कांग्रेसले सघाउने ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31