शुक्रबार, बैशाख १४, २०८१

उदयपुरबाट काठमाडौं आईरहेको यात्रुवाहक बस सिरहाको मिर्चैयामा दुर्घटना, १२ यात्रु घाइते

सिरहा माघ siraha८,   पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको रामनगर मिर्चैया–३ मा आज साँझ बस दुर्घटना हुँदा बसमा यात्रारत १२ जना घाइते भएका छन् । अन्य दुई जना गम्भीर घाइते भएका हुन् ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक पद्म थपलियाका अनुसार दुर्घटनामा परेको ना३ख ७६७० नम्बरको बसका कन्डक्टर गणेश राइगाई र काठमाडौँ घर भएका यात्रु दिलीप पङ्गेनी गम्भीर घाइते भएका हुन् । घाइते सबै यात्रुको उपचार मिर्चैयास्थित रेखा नर्सिङ होममा भइरहेको प्रहरी निरीक्षक थपलियाले जानकारी दिनुभयो ।

उदयपुरबाट काठमाडौं आईरहेको सो बस मिर्चैयास्थित पेट्रोल पम्पमा तेल हालेर सडकमा जानेक्रममै तीव्र गतिमा आएको मोटरसाइकल ठोक्किन खोजेको थियो । नम्बर नखुलेको उक्त मोटरसाइकललाई बचाउन खोज्दा अनियन्त्रित भएर बस सडकमै पल्टेको प्रहरी निरीक्षक थपलियाले बताउनुभयो । बस सडकमै पल्टेपछि साँझ साढे ६ बजेदेखि राजमार्ग अवरुद्ध भएको छ । अवरुद्ध राजमार्ग खुलाउने प्रयास सुरक्षाकर्मी तथा स्थानीयले गरिरहेका छन् । डोजर लिएर दुर्घटनाग्रस्त बसलाई पन्छाएपछि मात्र राजमार्ग सुचारु हुने प्रहरीले जनाएको छ ।