मङ्लबार, बैशाख ११, २०८१

गोरखाको जङ्गलमा भेटिएको घाइते बाघ प्रकृति संरक्षण कोषलाई हस्तान्तरण

गोरखा माघ ७, गोरखाको ताप्ले गाविसस्थित ज्यादुल नामक जङ्गलमा घाइते अवस्थामा भेटिएको बाघलाई सामान्य उपचार पछि जिल्ला वन कार्यालय tigerगोरखाले राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहा चितवनलाई हस्तान्तरण गरिएको छ ।

केही दिनअघि स्थानीय गाउँलेको सहयोगमा जिल्ला वन कार्यालयले गोरखाले जङ्गलमा घाइते अवस्थामा भेटिएका बाघको उद्धार गरेको प्राप्त समाचारमा जनाएको छ । त्यस्तै जिल्ला वन कार्यालय गोरखा सम्वद्ध स्रोतका अनुसार बाघलाई उपचार पछि प्राकृतिक वातावरणमा लगेर छोड्ने सर्तसहित हस्तान्तरण गरिएको समाचारमा जनाएको छ ।