शुक्रबार, बैशाख १४, २०८१

लागु औषधसहित श्रेष्ठ पक्राउ

 वीरगन्ज माघ १०, जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिबन्धित लागुऔषधसहित ललितपुर उपमहानगरपालिका–४ भैँसेपाटी बस्ने २५ वर्षीय कृष्ण श्रेष्ठ आज drugsबिहान पक्राउ गरेको छ । 

सीमावर्ती भारतीय सहर रक्सौलमा लागुऔषध खरिद गरेर नेपाल भित्र्याउन लागेको भन्ने प्रहरीलाई प्राप्त सूचनाका आधारमा खानतलासी गर्दा शरीरमा लुकाइरहेको अवस्थामा प्रतिबन्धित लागुऔषध नाइट्रोभेट ट्याबलेट १९५ थान तथा नर्फिन, डाइजोपाम र फेनारगन गरी २१ थान इन्जेक्सनसहित उनलाई वीरगन्जस्थित बसपार्कबाट पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।  पक्राउ परेका लागुऔषधसहित श्रेष्ठलाई कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।