शुक्रबार, चैत्र १६, २०८०

जनकपुरस्थित रत्नसागर मठका महन्थको नागरिकता नक्कली भएको खुलासा

 जनकपुर माघ १०,  जनकपुरस्थित रत्नसागर मठका महन्थ वैकुण्ठदास वैष्णवको नागरिकता नक्कली रहेको सार्वजनिक भएको छ । जानकी मन्दिरका JANAKI महन्थ रामतपेश्वरदास वैष्णवले बिहीबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा वितरित कागजातमा महन्त दासको नागरिकता नक्कली भएको प्रमाण प्रस्तुत गरिएको प्राप्त समाचारमा जनाएको छ । त्यसै पत्रकार सम्मेलनमा भारत मुजफ्फरपुर जिल्लाअन्तर्गत ग्राम मधेपुरा, पोस्ट अम्मा थाना हबौडा बस्ने राम श्रेष्ठ तिवारीका छोरा वैकुण्ठदासले धनुषा जिल्ला प्रशासन कार्यालयबाट २०५० साल कात्तिक १७ गते नक्कली विवरण पेश गरि नेपाली नागरिकता लिएको बताएका छन ।

पत्रकार सम्मेलनमा जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र गृह मन्त्रालयमा उजुरी परेपछि अहिले त्यहाँबाट कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा पत्र आएको बताउँदै त्यस्तै प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले एक हप्ताको समय मागेको र एक हप्तामा निज वैकुण्ठलाई कारबाही नभए आन्दोलनमा जाने बताउनुभयो । निज वैकुण्ठ दासले गुठी संस्थान जनकपुरका प्रमुख दीपक पाण्डेसँग मिलेर यहाँका छवटा मठमन्दिरको अर्बौं मूल्यको जग्गा बिक्री गरेको आरोप लगाएका छन् ।