शुक्रबार, बैशाख १४, २०८१

ललितपुरमा टेबुल टेनिस खेलाडी सम्मानित

 काठमाडौँ माघ १२ ,  टेबुल टेनिस संघ ललितपुरद्दारा काठमाडौंमा आयोजित लुम्बिनी राष्ट्रिय च्याम्पियनसिप तथा ३६ औँ राष्ट्रिय टेबुल टेनिस प्रतियोगितामा ceremony 053विजयी खेलाडीहलाई ललितपुर जिल्ला टेबुल टेनिस संघले एक कार्यक्रमकावीच सम्मानित गरेको छ । यसरी सम्मानित हुने खेलाडीहरूमा राजेन्द्र कपाली, पुरुषोत्तम बज्राचार्य, रविना देशार, अनिमा अधिकारी, राजेन्द्र बज्राचार्य, सुरेश बज्राचार्य, सुरेन्द्र अवाले, रीतिज जोशी, अभिषेक खड्का, विप्लव अधिकारी, जैकी महर्जन र सुमन महर्जन रहेका छन ।

ललितपुर उपमहानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत श्री मोहननाथ मास्केको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विशेष अतिथिका रुपमा माननीय सभासदहरू– चन्द्र महर्जन, मदन बहादुर अमात्यका साथै उर्मिला के।सी। तथा र एनेकपा माओवादीका योगेन्द्र तामाङ घिसिङको उपस्थित रहेको थियो । कार्यक्रम संघका अध्यक्ष सुदिल शाहीको सभापतित्व सम्पन्न भएको थियो ।