बिहिबार, चैत्र १५, २०८०

सहिद स्मारक क श्रेणीको लिगमा सरस्वतीद्दारा फ्रेण्ड्स पराजित

 footballकाठमाडौं माघ १० ,राजधानीमा जारी सहिद स्मारक क श्रेणीको लिग फुटबल प्रतियोगिता अन्र्तगत आज भएको पहिलो खेलमा सरस्वती युथ क्लबले फ्रेण्ड्स क्लबलाई १–० ले हराएको छ । आजको जितसँगै सरस्वती क्लवले८ खेलबाट १० अंक जोड्दै लिग वरियाताक्रममा दशौं स्थानमा कायम गरेको छ भने आज पराजित फ्रेण्ड्स क्लव वरिताक्रममा ११ अंकसहित आठौं स्थानमा रहेकोछ ।

लिग अन्तर्गतको आजको दोस्रो खेलमा हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी क्लबले अंक बाँडेका छन् । खेल १–१ गोलको बराबरीमा सकिएको हो । लिग वरियाताक्रममा  हिमालयन क्लवले ९ खेलबाट १२ अंक कायम गरेको छ भने त्रिभूवन आर्मीले ११ अंक सहितले सातौं स्थानमा पकठ जमाएको छ ।   भोलिको पहिलो खेलमा मनाङ–मस्र्याङ्दीले संकटासंग र दोस्रो खेलमा जावलाखेल युथ क्लब र ब्वाइज युनियनसंग खेल्ने छ ।