शुक्रबार, बैशाख १४, २०८१

२–१ गोलअन्तरले मच्छिन्द क्लवलाई पराजित गर्दै सङ्कटा एनसेल कपको सेमिफाइनलमा

 काठमाडौँ मंसिर२५, राजधानीमा जारी एनसेलकप प्रतियोगिता अन्र्तगत आज भएको खेलमा समूह ए को उपविजेता सङ्कटा क्लबले बी समूह को विजेता मच्छिन्द्र क्लबलाइ necell२–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

सङ्कटाकोलागि राजीव गुरुङले खेलको पहिलो हाफको ३७ औँ मिनेटमा पहिलो गोल गरेका थिए भने दोस्रो हाफको ७८ औँ मिनेटमा मच्छिन्द्रका खेलाडी अमर सुब्बाले गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा गरेपनि र खेलको ११८ औँ मिनेटमा सङ्कटाका अर्का खेलाडी कोमल खवासले गरेको गोललेनै संकटालाई सेमिफाइनल प्रवेस गराएको हो ।  भोलिको खेल अपराह्न २ः०० बजे थ्रीस्टार क्लब र ब्वाइज युनियन क्लबबीच खेल हुनेछ ।