शुक्रबार, जेष्ठ ४, २०८१

चिनीको गेट मूल्य ५३ र खुद्रा मूल्य ६३ लाई कडाइका साथ कार्यान्वयन गर्न सरकारलाई सालेसको निर्देशन

भारतबाट ल्याएको तस्करी चिनी नेपालका उद्योगबाट उत्पादित भन्दै भ्याटबिल जारी गरी भ्याटफिर्ता लिएको सवालमा पनि आवश्यक छानविन गर्न अख्तियारमा उजुरी दर्ता गर्ने तयारी  

काठमाडौ असोज २५ ,सार्वजनिक लेखा समितिको आज बसेको बैठकले चिनी उद्योगका टाएकुन शशीकान्त अग्रवाल लगायतले सरोकारवाला मन्त्रालयका अधिकारीहरुलाइ प्रभावमा पार्दै यो वा त्यो वहानामा चिनीको कृत्रिम अभाव कोटा प्रणाली लागु गराई मूल्यबृद्धि गराउन अनेकन चलखेल गर्दै गरेका अवस्थामा चिनीको गेट मूल्य ५३ र खुद्रा मूल्य ६३ लाई थप कडाइका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिका सभापति भरतकुमार शाहको अध्यक्षतामा आज अपराह्न सिंहदरबारमा बसेको समितिको बैठकले गत असोज १८ गतेको समितिको बैठकमा प्रम धा केपी ओलीको उपस्थितिमा सरोकारवालाले प्रतिबद्धता जाहेर गरेअनुसार चिनीको खुद्रा मूल्य पैतिकेजी ६३ कायम गर्न र यसलाइ कडाइका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको हो ।

त्यस्तै समितिले चाडपर्वमा काठमाडौँ उपत्यकाबाट बाहिर जाने यात्रुले सुलभ रुपमा यात्रा गर्न सक्ने गरी बस, माइक्रोबस तथा यातायात साधन र हवाई यातायातलाई सर्वसुलभ बनाउन खाद्यलगायत दैनिक उपभोग्य वस्तुको सुपथ मूल्यमा उपभोक्ताले प्राप्त गर्ने गरी व्यवस्थापन मिलाउँदै मूल्यवृद्धि, एकाधिकार गर्ने र उपभोक्ता ठगी गर्नेलाई कारवाही गर्न समेत निर्देशन दिएकोे छ ।

यसैवीच अर्थमन्त्रालयका उच्च अधिकारीसमेतको मिलेमतोमा चिनी उद्योग संघका अध्यक्ष शशीकान्त अग्रवाल र राजकुमार अग्रवाल लगायतले भारतबाट ल्याएको तस्करी चिनी नेपालका उद्योगबाट उत्पादित भन्दै भ्याटबिल जारी गरी भ्याटफिर्ता लिएको सवालमा पनि आवश्यक छानविन गर्न भन्दै उपभोक्तावादी सस्थाले अख्तियारमा उजुरी दर्ता गर्ने तयारी गरेको बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु