मङ्लबार, जेष्ठ ८, २०८१

कानून र विधिको शासनको उपहास : नेपाल बार

 काठमाडौ साउन १८,  नेपाल बार एशोसिएशनले संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रन्या दीपकराज जोशीको नाम दुई तिहाइले अस्वीकार गरेकोप्रति बार स्तब्ध भएको जनाएको छ । बारका महासचिव खम्मबहादुर खातीले आज एक विज्ञप्ति जारी गर्दै जोशीको नाम समितिको दुई तिहाइबाट अस्वीकार हुनु भनेको कानून र विधिको शासनको उपहास भएको जनाएको छ ।   तयस्तै विज्ञप्तिमा समितिको निर्णयले न्यायालयमाथि ठाडो हस्तक्षेप भएको जनाएको छ ।

यसैवीच नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशनले पनि न्यायाधीशलाई कार्यपालिकाको नियन्त्रणमा राख्नका लागि सत्तारूढ दलले प्रस्तावित प्रधानन्यायाधीशको नाम अनुमोदन नगरेको जनाउँदै  सुनुवाइ विशेष समितिबाट कामु प्रधानन्यायाधीश जोशीलाई प्रधानन्यायाधीशमा नियुक्तका लागि सिफारिश नहुनुले स्वतन्त्र न्यायपालिकामाथि प्रत्यक्ष हस्तक्षेप भएको डिएलएद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Published on: Aug 3, 2018

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु