काठमाडौ असोज ८ , प्रदेश नम्बर २ को स्थानिय तहको नतिजा अन्तिम चरणतिर पुगेको छ । १ सय ३६ स्थानीय तह रहेका प्रदेश २ मा मतगणनाको परिणाम मध्ये आइतबार बिहानसम्म १ सय २० स्थानीय तहको परिणाम सार्वजनिक भएको छ । यसअघि आयोगले असोज २ गते भएको निर्वाचनको सम्पूर्ण परिणाम ५ दिनभित्र आइसक्ने बताएको थियो। तर, मत गन्ने काम सुस्त भएकाले अझै केही दिन लम्बिने देखिएको छ । अहिलेसम्म सार्वजनिक भएको मत परिणाम अनुसार नेपाली काँग्रेसले सर्वाधिक ३६ तह जितेर आफूलाई शीर्ष स्थानमा राखेको छ । दोस्रो स्थानको संघीय समाजवादी फोरमको २२, माओवादी केन्द्रको २०, राजपाको २०, एमालेले १५, नेपाल लोकतान्त्रिक दलले ३, नेपाली नेपाली जनता दलले २ तथा नयाँ शक्तिले १ तह जितेको छ । १३६ स्थानीय तहको छिनोफानो हुँदै गर्दा काँग्रेस ५, माओवादी ३, संघीय फोरम ३, राजपा २, एमाले ३ तथा नयाँ शक्ति १ तहमा अगाडि छ।
१ सय २० स्थानीय तहको परिणाम सार्वजनिक, ३६ तहमा विजयी प्राप्त गर्दै काँग्रेस शीर्ष स्थानमा
September 24, 2017
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np