शुक्रबार, बैशाख १४, २०८१

समाज र व्यक्तिवीच रहेको अन्योन्याश्रित सम्बन्धलाइ थप विस्तारित गर्न् आवश्यक: पूर्वमन्त्री जोशी

 राजधानीमा तिरहुतेको शुभकामना आदान–प्रदान कार्यक्रम

काठमाडौं असोज ७, उपत्यकाका अल्पसख्यक रैथाने तिरहुते ब्राम्हणको आधिकारिक संस्था तिरहुते ब्राम्हण सेवा समितिद्दारा आज राजधानीमा विजया दशमी,21942156_10214529533899232_761713999_nदीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान एवम् चियापान कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथी पूर्व उद्योगमन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य 21765311_489482044753493_8845694073855324494_nनविन्द्रराज जोशीले कार्यक्रमलाइ सम्बोध गर्दै उहाँले मानविय जिवनमा राक्षसी प्रवृतिको अन्त्य गर्दै समाजमा भातृत्व एवम् बन्धुत्वको अवधारणालाइ मुखरित गर्न विजयादशमीले अभिप्रेरित गरेको बताउँनु भएको छ । साथै उहाँले आवद्ध व्यक्तिले समाजको लागि र समाजले राष्ट्रको प्रगतिपथको दिग्दर्शन गर्ने बताउँदै समाज र व्यक्तिवीच रहेको अन्योन्याश्रित सम्बन्धलाइ चाडपर्वको माध्यमबाट थप विस्तारित बनाउँदै अगाडि बढ्नुपर्नेमा जोड दिनु भएको थियो ।

21761774_489481691420195_3012240263211215986_nसमितिका सल्लाहकार दिव्यचरण झा, नेपाल मैथिल ब्राम्हण समाजका अध्यक्ष राजन मिश्र त्यस्तै गरि समितिका आजीवन सदस्य ह्दय प्रसाद मिश्र लगायतका वक्ताले शुभकामना अभिव्यक्त गर्नु भएको उक्त कार्यक्रमा समितिका उपाध्यक्ष केशवप्रसाद मिश्रले स्वागत अभिव्यक्ति दिनु भएको थियो । त्यस्तै कामपा वडा न.२० का अध्यक्ष राजेन्द्र मानन्धर लगायतका स्थानीय विशेष व्यक्तित्वको उल्लेख्य उपस्थिती रहेको उक्त कार्यक्रम समितिका अध्यक्ष शिवचन्द्र झाको सभापतित्वमा सम्पन भएको थियो ।