शुक्रबार, चैत्र १६, २०८०

१ सय २० स्थानीय तहको परिणाम सार्वजनिक, ३६ तहमा विजयी प्राप्त गर्दै काँग्रेस शीर्ष स्थानमा

काठमाडौ असोज ८ ,   प्रदेश नम्बर २ को स्थानिय तहको नतिजा अन्तिम चरणतिर पुगेको छ । १ सय ३६ स्थानीय तह रहेका प्रदेश २ मा मतगणनाको परिणाम 870880256मध्ये आइतबार बिहानसम्म १ सय २० स्थानीय तहको परिणाम सार्वजनिक भएको छ । यसअघि आयोगले असोज २ गते भएको निर्वाचनको सम्पूर्ण परिणाम ५ दिनभित्र आइसक्ने बताएको थियो। तर, मत गन्ने काम सुस्त भएकाले अझै केही दिन लम्बिने देखिएको छ । अहिलेसम्म सार्वजनिक भएको मत परिणाम अनुसार नेपाली काँग्रेसले सर्वाधिक ३६ तह जितेर आफूलाई शीर्ष स्थानमा राखेको छ ।  दोस्रो स्थानको संघीय समाजवादी फोरमको २२, माओवादी केन्द्रको २०, राजपाको २०, एमालेले १५, नेपाल लोकतान्त्रिक दलले ३, नेपाली नेपाली जनता दलले २ तथा नयाँ शक्तिले १ तह जितेको छ । १३६ स्थानीय तहको छिनोफानो हुँदै गर्दा काँग्रेस ५, माओवादी ३, संघीय फोरम ३, राजपा २, एमाले ३ तथा नयाँ शक्ति १ तहमा अगाडि छ।