बुधबार, बैशाख १२, २०८१

मन्त्रीका पिए बने कटहरिया नगरपालिकाको मेयर

काठमाडौं असोज ८ , केही दिन अघिसम्म सहरी विकास मन्त्री प्रभु साहका पिए रहेका सियाराम कुशवाहा (फिरोज) रौतहटको कटहरिया नगरपालिकाका मेयर बनेका छन् । कुशवाहाले नेपाली काँग्रेसका अजय प्रकाशलाई भारी मतले पराजित गरी मेयरमा निर्वाचित भएका हुन् । कुशवाहाले ४हजार२३३ मत प्राप्त गरेका थिए 21766382_2003863283161007_3937955790284339146_n[1]भने उनका निकटतम प्रतिस्प्रर्धी काँग्रेसका अजय प्रकाशले ३हजार ६८२ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपमेयरमा समेत सयल देवी यादवलाई पराजित गर्दै माओवादी केन्द्रकै नुरजहाँ खातुन विजयी भएकी छिन् । माओवादी केन्द्रको भातृसंगठन योङ्ग कम्युनिष्ट लिग (वाई.सि.एल.) का केन्द्रीय सचिव समेत रहेका कुशवाहा  त्यस क्षेत्रका लोकप्रिय युवा नेता हुन् ।  रौतहटको व्यापारिक केन्द्रको रुपमा परिचित कटहरीयालाई स्थानीय तहको निर्वाचनमा विशेष महत्वका साथ हेरिएको थियो । ‘विकास पुरुष’ का रुपमा स्थापित माओवादी केन्द्रका नेता तथा सहरी विकास मन्त्री प्रभु साहको निर्वाचन क्षेत्रमा पर्ने भएकाले पनि कटहरीयालाई विशेष चासोका रुपमा हेरिएको हो ।