मङ्लबार, बैशाख १८, २०८१

आज बेलुकासम्म मन्त्रिपरिषद् विस्तार गर्ने प्रम देउवाको भरमग्दुर प्रयास

काठमाडौं श्रावण ९, प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी तिव्र पारेका छन् । काँग्रेस केन्द्रीय समितिको बैठक सकिना साथ प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको सम्वद्ध स्रोतले जनाएको छ ।

sher-bdrसत्तारुढ घटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवावीच आइतवार भएको भेटमा पनि प्रम देउवालाइ तत्काल मन्त्रिपरिषद् विस्तार गर्न आवश्यक भएको दबाब सहितको आग्रहको क्रममा प्रधानमन्त्री देउवाले जारी केन्द्रीय समिति बैठक सकिनासाथ मन्त्रिपरिषद् विस्तार गर्ने सवालमा दिनु भएको प्रतिउत्तरलाइ समेत विश्लेषण गर्ने हो भने सम्भवतः आजै कांग्रेस केन्द्रीय समिति बैठक सकेर बेलुकासम्म मन्त्रिपरिषद् विस्तार हुने प्रवल संभावना रहेको बताईएको छ ।

सत्तारुढ दुई दल कांग्रेस र माओवादी केन्द्रबीच कांग्रेसले १३ र माओवादीले ९ मन्त्रालय लिने सहमति यसअघि भएपनि काँग्रेसभित्र मन्त्री बन्ने आकांक्षी धेरै भएका कारण त्यसको व्यवस्थापन गर्न प्रधानमन्त्री देउवालाइ सकस भएको  स्रोतको दावी रहेको छ ।