बिहिबार, बैशाख १३, २०८१

काँग्रेस के.स .को बैठक :  पार्टी नेतृत्वको आलोचना सहित  समसामयिक राजनीतिको समिक्षा 

काठमाडौ श्रावण ७,  सत्तारुढदल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा समसामयिक राजनीति र स्थानीय तहको दुई चरणको निर्वाचनको समीक्षा सहित पार्टी नेतृत्वको आलोचनाको श्रृखलाको सुरवात भएको छ ।   बैठकको सुरुमा वरिष्ठ रामचन्द्र पौडेलले स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा पार्टी हार्नुको जिम्मा पार्टी सभापतिले लिनुपर्ने धारणा राख्दै उहाँले
congressपार्टीमा गुटको सिर्जना नगरौ, हाम्रो भन्दा राम्रो जनाधार भएको मान्छेलाइ टिकट दिन नसक्दा पार्टीले पराजय भोग्नु परेको उहाँको भनाइ रहेको थिोे ।

त्यस्तै उहाँले आसन्न प्रदेश न २ को निर्वाचनमा काँग्रेसलाइ पहिलो पार्टी बनाउँन पार्टीलाई एकढिक्का बनाएर लैजान पार्टी नेतृत्वबाट गर्नुपर्ने प्रयासका बारेमा केन्द्रित रहेर धारणा राखेका थिए ।

त्यस्तै नेता महेश आचार्यले पार्टी सभापति आईजीपी प्रकरण, लोकमान, राजदुत नियुक्ती प्रकरण र आईएनजीओले चलाएको कार्यक्रममा अन्र्तवाता दिन गएकोबारे आपत्ति जनाएनु भएको थियो ।  आजको बैठकमा नेताहरु क्रमस बलबाहादुर केसी, गुुरुराज घिमिरे, कल्यण गुरुङ, कमला पन्तले पनि नेतृत्वको आलोचना गरे । त्यस्तै रामकृष्ण यादव भीष्म आङ्दाम्बे, फर्मुल्ला मन्सुर, महेन्द्र यादव, शंकर भण्डारी, प्रदिप पौडेल र पार्वती डिसि चौधरी लगायतले आफ्नो धारणा राख्नु भएको थियो ।