मङ्लबार, बैशाख २५, २०८१

काँग्रेसले आज उम्मेदवारको अन्तिम टुंगो लगाउने

काठमाडौ ज्येष्ठ २६, सत्तारूढ दल नेपाली काँग्रेसले आसन्न आषाढ १४ गते हुन गइरहेको दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्र्तगत आज   बाँकी ३ प्रदेशमा उम्मेदवारको अन्तिम congressटुंगो लगाउने भएको छ ।  निर्वाचन प्रयोजनार्थ उम्मेदवार मनोनयन मिति नजिकिँदै गर्दा कांग्रेस उम्मेदवार टुंगो लगाउन सक्रिय भएको हो । बिहीबार पार्टी कार्यालय सानेपामा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीसहितका नेताहरूकोे बैठकले पार्टीका उम्मेदवार टुंग्याउने विषयमा छलफल अघि बढाएको हो ।

उम्मेदवारी चयनका क्रममा देखिएको आन्तरिक विवाद देखिएमा विवाद निरुपण गर्न स्थानीय तहकै पार्टी समितिसँग सल्लाह र समन्वय गर्ने मापदण्ड बनाएको काँग्रेसले नगरपालिका र गाउँपालिकाका उम्मेदवार टुंग्याउने अधिकार दिए पनि क्षेत्रमा उम्मेदवार चयन गर्ने विषयमा विवाद भएमा वा उम्मेदवार चयन गर्न नसकेमा जिल्ला कार्यसमितिले टुंग्याउने र जिल्ला समितिले पनि नसकेमा केन्द्रीय कार्यसमितिमा पठाउने तथा केन्द्रले नै अन्तिम निर्णय गर्ने नीति अख्तियार गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2017
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031