मङ्लबार, बैशाख २५, २०८१

सामुदायिक वन उपभोक्ताको निर्वाचन: उपभोक्ता हकहित संरक्षणका लागि संयुक्त प्यानल

काठमाडौं फागुन १४/ प्रकाश उप्रेती,   चारआली फागुन १४, झापाको धाइजन गाविसमा रहेको बाँसबारी सामुदायिक वन उपभोक्ता समुहको आसन्न निर्वाचनका लागि स्थानीय राजनीतिक दल दौडधुपमा जुटेका छन् । समुहको तीन वर्षे कार्यकाल सकिएपछि निर्वाचनका लागि  माओवादी केन्द्र, नेपाली कांग्रेस र   संयुक्त रुपमा ‘उपभोक्ता हकहित संरक्षक संयुक्त प्यानल’ नामक प्यानल गठबन्धन गरी अध्यक्षसहित १९ सदस्यीय कार्यसमितिको नाम अघि सारेको छ । गठबन्धनले आफ्नो गठबन्धनको जीतका लागि प्रचारप्रसारलाई तीब्र बनाएको तिलक गिरीले बताए ।  गठबन्धनले बाँसबारी सामुदायिक वन उपभोक्ता समुहभित्रका उपभोक्ताका लागि नयाँ र दीर्घकालिन योजनासहितको प्रतिबद्धता पत्र समेत जारी गरेको छ ।

त्यस्तै गठबन्धनको अध्यक्षमा शम्भू राजवंशी, उपाध्यक्षमा मात्रिका सिटौला, सचिवमा मिनिता दाहाल , सहसचिवमा केशव कार्की र कोषाध्यक्षमा सविना ग्वाल उम्मेद्धार रहेका छन् । त्यसैगरी पूर्ण सिटौला, तीर्थ डाँगी, मिना भेटवाललगायत १९ जनाको उम्मेद्धार रहेको स्थानीय समाजसेवी नरेन्द्र मेचेले बताए । गठबन्धनले उक्त वनलाई जिल्लाकै उत्कृष्ट नमुना वनको रुपमा विकास गर्ने, उपभोक्ताको छोराछोरीको उच्च शिक्षाका लागि छात्रावृत्तिको व्यवस्था गर्ने, उपभोक्ता लागि आयमूलक, सीपमूलक र कृषि रोजगारीका लागि तालिम गर्ने, वन क्षेत्रको खाली ठाउँलाई कालिका सिमसार पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, उपभोक्ताले वनको स्तरोन्नतिका लागि मासिक रुपमा बुझाउँदै आएको ७५ रुपैयाँ मिनाह गर्ने लगायतका प्रतिबद्धता पत्र जारी गरेको छ ।

उता गठबन्धनको विपक्षीमा हेमराज दाहाल अध्यक्षसहितको प्रगतिशील पक्षले समेत उम्मेद्धारी दिएको निर्वाचन आयुक्त रुद्र प्रसाईले बताए । १ सय ४९ दशमलव ४७ हेक्टरमा फैलिएको बाँसबारी सामुदायिक वन क्षेत्रबाट धाइजनको ७, ८, ९ र मेचीनगर पालिकाको ३ नम्बरको कवर वस्तीका ४ सय ३२ घरधुरीले प्रत्यक्ष उपभोग गर्दै आएका छन् । प्रत्येक घरको १ महिला र १ पुरुषले मतदान गर्न पाउने व्यवस्था रहेको स्थानीय राजन प्रसाईले बताए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031