शुक्रबार, चैत्र १६, २०८०

योङ कम्युनिष्ट लिगको एकता भेला

इलाम  फागुन   १४,   योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल) इलामको जिल्ला एकता भेला सम्पन्न भएको छ । एकता भेलाले प्रविण तिम्सिना इन्र्चाज रहने गरी जिल्ला सम्मेलन  आयोजक समिती गठन गरेको छ । समितीको सह इन्र्चाजमा अग्नी तामाङ, राम राई, नरेश तामाङ, ताराबाबु सुवेदी रहेका छन । त्यसै गरी ycl-logo-2011-redपुर्नसंरचना अनुरुप अव बन्ने नगरपालिका र गाँउपालिकाहरुको सम्मेलन सम्पन्न गर्नका लागी संयोजकहरु पनि तोकिएका छन ।

माइ नगरपालिकाको लागी दिनेश राई, देउमाइ नगरपालिका भुपाल लिम्बु, इलाम नगरपालिका बिक्रम लिम्बु, सुर्योदय नगरपालिका सुवास ढकाल, चुलाचुली गाँउपालिका सन्तोष राई, फाकफोकथुम गाँउपालिका इमराज लिम्बु, माङसेवुङ गाँउपालिका राजकुमार राई, रोङ्ग गाँउपालिका निर्मल तामाङलाई संयोजक तोकिएको छ । सन्दकपुर गाँउपालिकाको लागी भने संयोजक तोकिएको छैन । भेलाले आगामी चैत्र १० गतेभित्र सवै नगरपालिका र गाँउपालिकाको सम्मेलन सकेर चैत्र १९ गते जिल्ला सम्मेलन सक्न निर्णय गरेको छ । नरेश तामाङको अध्यक्षतामा भएको भेलाको प्रमुख अतिथी माओवादी केन्द्रका पोलिटव्युरो सदस्य धिरेन्द्र शर्मा रमण रहेका थिए ।