बिहिबार, बैशाख १३, २०८१

सांसद प्रसाईंद्वारा पत्रकार महासंघलाई सहयोग

बितामोड, फागुन १५  ,  सांसद सरिता प्रसाईंले नेपाल पत्रकार महासंघ झापा शाखालाई ४३ हजार रुपैयाँ सहयोग प्रदान गरेकी छिन् ।  सांसद प्रसाईंका प्रतिनिधि 16976938_1886707678239317_1071491775_nटीकाप्रसाद प्रसाईंले आज आइतबार उक्त रकम बिर्तामोडमा महासंघ झापा शाखाका अध्यक्ष भीम नेम्वाङलाई हस्तान्तरण गरे ।
झापा क्षेत्र नं. ४ बाट समानुपातिक तर्फकी सांसद प्रसाईंले पत्रकारिता क्षेत्रको विकासका लागि उक्त रकम प्रदान गरेको महासंघ झापाका सचिव एकराज गिरीले जानकारी दिए । उनले सांसद विकास कोष अन्तर्गत उक्त रकम सहयोग गरेको बताइएको छ ।