काठमाडौ फागुन १२, ३५ वटा वडा रहदै आएको काठमाडौँ महानगरपालिकामा अबदेखि ३२ वडा कायम भएको छ । स्थानीय निकाय पुनःसंरचना आयोगको सिफारिसका आधारमा जिल्ला निर्वाचन कार्यालय काठमाडौँले मतदानस्थल र मतदान केन्द्र सिफारिस गर्न ३२ वटा वडा पहिचान गरी पठाएपछि महानगरपालिकामा अबदेखि ३२ वडा कायम हुने भएको हो । विषयमा कामपाले आज वडाका प्रशासकीय प्रमुखलाई बोलाएर ७ दिनभित्र कार्यसम्पन्न गर्न निर्देशन दिएको कामपाले जनाएको छ । कामपाका सञ्चार अधिकृत चन्द्रमणि भट्टराईका अनुसार साबिक वडा नं २२ र २४ मिलाएर हालको वडा नं २२, साबिक २५ र २६ मिलाएर २४, त्यसैगरी २७ र २८ मिलाएर २५ बनाइएको छ । यसअघि वडा नं २७ अब २६, भएको छ भने वडा नं ३० चाहिँ २७ भएको छ । ३१ वडा नं २८ र ३२ नं २९ भएको छ । ३३ नं ३०, ३४ नं ३१ र ३५ नं ३२ वडा नं कायम गरिएको बताएको छ ।
महानगरपालिकामा अबदेखि ३२ वडा
February 23, 2017
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
- इलाम २ उपनिर्वाचनको अन्तिम मतपरिणाम १२ घण्टाभित्र :प्रमुख आयुक्त
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np