शुक्रबार, बैशाख १४, २०८१

यस्तो छ टेलिकमको फेस्टिभल अफर

काठमाडौ फागुन १२, नेपाल टेलिकमले शिवरात्रिका अवसरमा फेस्टिभल अफर ल्याएको छ । फेस्टिभल अफर अन्तर्गत् रु ७५ मा १०० एमबी डाटा खरिद गरी telecom-finalसोही रकमबाटै पाउने १०० एमबी युट्युब डाटा बोनसस्वरुप १५ दिनसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

त्यस्तै, टेलिकमका प्रवक्ता प्रतिभा बैद्यद्दारा जारी विज्ञप्तिमा रु १५० मा २०० एमबी डाटा खरिद गरी २०० एमबी युट्युब डाटा बोनसस्वरुप ३० दिनसम्म प्रयोग गर्न सकिने र २२ रुपैयाँ ६० पैसामा १०० एमबी फेसबुक प्याकेज खरिद गरी पाँच दिनसम्म प्रयोग गर्न सकिने उल्लेख गरिएको छ ।