शुक्रबार, चैत्र १६, २०८०

महानगरपालिकामा अबदेखि ३२ वडा

काठमाडौ फागुन १२, ३५ वटा वडा रहदै आएको काठमाडौँ महानगरपालिकामा अबदेखि ३२ वडा कायम भएको छ ।  स्थानीय निकाय पुनःसंरचना आयोगको सिफारिसका आधारमा जिल्ला निर्वाचन कार्यालय काठमाडौँले मतदानस्थल र मतदान केन्द्र सिफारिस गर्न ३२ वटा वडा पहिचान गरी पठाएपछि Captureमहानगरपालिकामा अबदेखि ३२ वडा कायम हुने भएको हो । विषयमा कामपाले आज वडाका प्रशासकीय प्रमुखलाई बोलाएर ७ दिनभित्र कार्यसम्पन्न गर्न निर्देशन दिएको कामपाले जनाएको छ । कामपाका सञ्चार अधिकृत चन्द्रमणि भट्टराईका अनुसार साबिक वडा नं २२ र २४ मिलाएर हालको वडा नं २२, साबिक २५ र २६ मिलाएर २४, त्यसैगरी २७ र २८ मिलाएर २५ बनाइएको छ । यसअघि वडा नं २७ अब २६, भएको छ भने वडा नं ३० चाहिँ २७ भएको छ । ३१ वडा नं २८ र ३२ नं २९ भएको छ । ३३ नं ३०, ३४ नं ३१ र ३५ नं ३२ वडा नं कायम गरिएको बताएको छ ।