बुधबार, बैशाख १२, २०८१

आज भगवान् शिवको पूजा–आराधना गरी महाशिवरात्री पर्व मनाइँदै

काठमाडौं फागुन १३, आज महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज मनाइँदैछ । हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र pashupatiतलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धाभक्तिपूर्वक महादेवको पूजा९आराधना गरिरहेका छन् । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृद��मा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अतिप्यारो दिनका रूपमा पनि लिइन्छ ।
।  आजका दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्नुको अलवा आजको शिवधुनीपछि जाडो जान्छ, पशुपति दर्शन गर्न आएका भारतीय भक्तजनले जाडो लिएर जान्छन् भन्ने विश्वाससमेत छ ।