शुक्रबार, बैशाख २८, २०८१

नक्कली पत्रकारको प्रमाणपत्र छानबिन गर्न माग

बिर्तामोड श्रावण १८ , प्रसङ्ग झापाका नक्कली पत्रकारहरुको हो । अहिले देशभर झापाका केही पत्रकारले नक्कली प्रमाणपत्र पेश गरी पत्रकारिता गरिरहेको र त्यही आधारमा राज्यका विभिन्न निकायबाट सुविधा उपभोग गरिरहेको विषयको बहस चुलिएको छ । एसएलसी पनि उत्तीर्ण नगरी पत्रकारिता गर्ने अनि धेरै पढेको देखाउन नक्कली प्रमाण पत्र Captureपेश गर्ने केही पत्रकारको चरित्र क्रमशस् उदाङ्गो हुँदै गएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

चिकित्सक लगायत अन्य पेशामा आवद्धको प्रमाणपत्र नक्कली भएको आधारमा झापासहित देशभरबाट त्यस्तो कार्य गर्नेहरु पक्राउ पर्नुका साथै छानविन र कार्वाही अघि बढिरहेको छ । तर, अरुको प्रमाणपत्र नक्कली हो भनी प्राथमिकताका साथ समाचार लेख्ने पत्रकारकै शैक्षिक प्रमाणपत्र नक्कली भएको विषयमा छानविन प्रक्रिया शुरु नहुनु चासो र आश्चर्यको विषय बनेको छ ।  गलत काम गर्ने जोसुकैलाई पनि छानविन र कार्वाहीको दायरामा ल्याइनुपर्ने आवाज नागरिक तहबाट जोडतोडले उठ्न थालेको छ । नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने र योग्यता नपुगी पत्रकारिता गरिरहेका पत्रकारका विषयमा छानविन हुनुपर्ने माग विभिन्न कोणबाट हुन थालेको छ । यसरी झापामा १७ जना पत्रकारको शैक्षिक प्रमाण पत्र नक्कली भएको र त्यस सम्बन्धी प्रमाणहरु फेला परिसकेको जनाउँदै नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी त्रिभुवन विश्व विद्यालयलाई समेत गुमराहमा राख्नुको अलावा बिहार संस्कृत शिक्षा वोर्डको नक्कली सर्टिफिकेटलाई सक्कली भन्दै त्रिभुवन विश्व विद्यालयबाट इक्यूभ्यालेन्स गरोँदै नेपाल पत्रकार महासंघको संशोधित विधान अनुसार प्रवेशिका परीक्षा उत्तीर्ण नगरेको व्यक्ति सदस्यता समेत लिनुको अलावा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाएर विभिन्न निकायमा पेश गर्दै वर्षौदेखि सरकारी सुविधा उपभोग गर्दै आएका उल्लेख गरिएको छ ।

कानूनमा के छ ? 
नक्कली कागजात देखाएर गरिने पेशा र व्यवसाय समेत अवैध हुने भई राज्यले प्रचलित कानून बमोजिम त्यस्तो पेशा तथा व्यवसाय गर्ने व्यक्तिलाई ठगी तथा भ्रष्टाचार ऐन अन्तर्गत सजाय गर्ने व्यवस्था छ । मुलुकी ऐन ठगीको महलको १ नं। मा आफूसंग नभएको कुरा आफूसंग छ भनी झुक्याई वा झुठो कुरालाई सद्दे हो भनी झुक्याई वा अरु जुनसुकै व्यहोरासाग धोका दिई गफलतमा पारी व्यवहार गरेमा ठगी गरेको ठहर्छ भनी ठगीको परिभाषा गरेको छ । यो परिभाषा विशेष गरी चल अचल धनमालमा हुने ठगीलाई लक्षित गरी बिधायिकाले बनाएको भए पनि यसले जुनसुकै कुरामा हुने ठगीलाई समेत आफ्नो दायरामा ल्याउने भन्दै राज्य पक्षले अभियोजन गरी मुद्दा चलाउादै आएको छ । कुनै व्यक्तिले राष्ट्रसेवकको ओहदा पाउने वा सो ओहदामा बहाल रहने वा कुनै हैसियत, लाभ वा सुविधा पाउने उद्देश्यले शैक्षिक योग्यता, नाम, तीनपुस्ते, उमेर, जात, थर, ठेगाना, नागरिकता वा योग्यता वा अन्य कुनै कुराको झुठो विवरण दिएमा वा सो सम्बन्धी झुठा प्रमाणपत्र पेश गरेमा भ्रष्टाचार गरेको मानिने व्यवस्था ऐनले गरेको छ । यस्तो कार्य गर्नेलाई कसुरको मात्रा अनुसार ६ महिनादेखि १ बर्षसम्म कैद र १० हजार रुपैयाादेखि २० हजार रुपैयाासम्म जरिवाना हुने सजायको व्यवस्था छ । ऐनको दफा ५१मा यस्तो अपराधको अनुसन्धान र तहकिकात सम्बन्धी काम करबाहीमा कसैले बाधा बिरोध गरेमा निजलाई ६ महिनासम्म कैद र ५ हजार रुपैयाासम्म जरिवाना वा दुबै सजाय गर्न सक्ने व्यवस्था समेत उल्लेख छ ।

यसैवीच प्रेस काउन्सिल नेपालका अध्यक्ष वरिष्ठ अधिवक्ता वोर्णवहादुर कार्कीले नक्कली प्रमाणपत्र पेश गरेर सरकारी सेवा लिएको पाइए कानून बमोजिम कारवाही हुने जनाउ दिदै छानविनका क्रममा प्रमाणपत्र नक्कली ठहरिएका पत्रकार र पत्रिकाको दर्ता खारेजी गर्दै सूचना विभागबाट लिएको सेवा समेत रद्द गरिने बताउँदै राज्यले प्रचलित कानून बमोजिम त्यस्तो पेशा तथा व्यवसाय गर्ने व्यक्तिलाई ठगी तथा भ्रष्टाचार ऐन अन्तर्गत सजाय गर्ने व्यवस्था रहेको बताए भने झापाका सिद्धहस्त पत्रकार नकुल काजीले सञ्चारकर्मीले नै शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली बनाउनु सञ्चार जगतका लागि यो भन्दा ठूलो कलंक अरु केही नभएको बताए छन् । उनले यस्तो कार्यले समग्र सञ्चार क्षेत्रकै बदनाम गराएको समेत बताए । त्यस्तै अब सञ्चारकर्मी बीचमा पनि शुद्धिकरण आवश्यक रहेको बताउादै उनले भने– ‘नियमनकारी निकायले औपचारिकता मात्र निर्वाह गर्न हुादैन, कानून प्रदत्त निकायले अधिकार प्रयोग गरेर यस्तो गलत कार्यमा संलग्नलाई कानूनी कारवाही गर्नुपर्ने जिकिर गरेका छन ।
त्यस्तै पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष एवम् पूर्व केन्द्रीय परामर्शदाता गोविन्दचन्द क्षेत्रीले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेर पत्रकारिता गर्नु आफैमा गलत भएको बताएका छन् । ‘पत्रकारले नै नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्नु दण्डनीय हो’– क्षेत्रीले भने– ‘त्यस्तो भएको पाइए छानविन र कानून बमोजिम कार्वाही हुनुपर्छ ।’ उता पत्रकार महासंघका केन्द्रीय सदस्य गणेश पोखरेल भने बाटोमा हिड्दै गरेको जो कोही पनि पत्रकार बन्न सक्ने बताएका छन् । यो अरु पेशा व्यवसाय जस्तै हो भनी पत्रकारितालाई हलुका ढंगले बुझाउने गरी उनले जवाफ दिए । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सूचना विभागको परिचय पत्र र महासंघको सदस्यता जस्ले पायो त्यस विषयमा दिने नै जवाफदेही हुने भन्दै महासंघका पूर्वाञ्चल संयोजक समेत रहेका पोखरेल जिम्मेवारी ढंगले जवाफ दिनबाट पन्छिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031