शनिबार, बैशाख १५, २०८१

महासंघद्दारा शोक व्यक्त

काठमाडौं श्रावण १८,  रेडियो मध्यपश्चिम एफएममा कार्यरत पत्रकार अर्जुन महराको निधनप्रति नेपाल पत्रकार महासंघले शोक प्रकट गरेको छ । ब्लडक्यान्सरका कारण श्रावण १६ गते उपचारको क्रममा हरिसिद्धिस्थित
shok release 18 saunनेपाल क्यान्सर अस्पतालमा पत्रकार महराको निधन भएको महासंघका महासचिव उजिर मगरद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा २२ वर्षीय महराको निधनले नेपाली पत्रकारिता क्षेत्रले मेहनती, जुझारु, निर्भीकका साथै पत्रकारितामा राम्रो सम्भावना भएका युवा पत्रकार गुमाएको जनाउँदै स्वर्गीय महराप्रति भावपूर्ण श्रद्धाञ्जली सहित शोकको यस घडीमा शोकाकुल परिवाजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।