आइतवार, बैशाख २३, २०८१

पत्रकार निर्भिकको निधनबाट महासंघ स्तब्ध

काठमाडौ श्रावण १९, नेपाल पत्रकार महासंघले वरिष्ठ पत्रकार डिल्लीराम निर्भिकको ७८ वर्षको उमेरमा आज भएको निधनबाट सिङगो महासंघ स्तब्ध भएको जनाएको छ ।  महासंघका महासचिव उजिर मगरद्दारा आज जारी प्रेसविज्ञप्तिमा पाँच दशकभन्दा लामो सययदेखि पत्रकारिता गर्दै आउनु भएका निर्भीक केही वर्षदेखि मधुमेह र ब्रेन ट्युमर रोगबाट shok release 19 saunपीडित भइ अस्वस्थ रहँदै आउनु भएको र आज उहाँको बिजुली बजारस्थित आफ्नै निवासमा निधन भएको उल्लेख गरिएको छ ।
त्यस्तै विज्ञप्तिमा पत्रकार निर्भीकले सिद्र्धार्थ अर्थसाप्ताहिकबाट पत्रकारिता सुरु गर्दै गोरखापत्र दैनिक, समीक्षा, द कमनर, मातृभूमि, नेपाल सन्देशलगायत थुप्रै पत्रिपत्रिकामा काम गर्दै पछिल्लो समय हिजोआज दैनिक र सिदार्थ अर्धसाप्ताहिकका प्रधानसम्पादका रुपमा क्रियाशील रहनु भएको उल्लेख गर्दै उहाँको निधनबाट नेपाली पत्रकारिता जगले एक अनुभवी र कुशल पत्रकार गुमाएको छ भने नेपाली पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाएको छ । साथै स्वर्गीय निर्भीकका श्रीमती, र दुई छोरा हुनुहुन्छ ।

महासंघले स्वर्गीय निर्भीकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दै दुःखको यस घडीमा शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।

यसैवीच वि.स. १९९५ साल माघ २ गते इलामको शान्तिपुरमा जन्मनुभएका निर्भिक झापालाई कर्म थलो बनाई ५ दशकभन्दा लामो समय पत्रकारितामा क्रियाशील बरिष्ठ पत्रकार डिल्लीराम निर्भिक(लुइँटेल) निधनप्रति भएको छ । fnj new letter pad copyपत्रकार महासंघ झापा शाखाका अध्यक्ष भीम नेम्वाङ र सचिव एकराज गिरीले पनि संयुक्त शोक विज्ञप्ति जारी गर्दै उक्त दुःख व्यक्त गरेको छ ।

महसंघद्दारा जारी विज्ञप्तिमा पत्रकार निर्भिकको निधनले नेपाली पत्रकारिता जगतले एक अनुभवी र कुशल पत्रकार गुमाउनुका साथै सो घटनाले नेपाली पत्रकारिता क्षेत्रमा अपुरणीय क्षति पुगेको शोक वक्तव्यमा उल्लेख गर्दै महासंघ झापा शाखा शाखाले स्व. निर्भिकको आत्माको चिरशान्तिको कामनासहित हार्दिक श्रद्धाञ्जलि सहित समवेदना प्रकट गरेको छ ।