आइतवार, बैशाख १६, २०८१

पत्रकार केसीलाई नेजाग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार

काठमाडौ श्रावण २१, नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कारबाट यसवर्ष जाजरकोटका पत्रकार जनक केसीलाइ प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघसँगको सहकार्यमा नेपाल अमेरिका पत्रकार सघं नेजाले हरेक दुई वर्षमा नेपालमा प्रदान गर्दै आएको प्रस्तुत पुरस्कारको राशी १ लाख ११ हजार एक सय ११ रुपैया ११ पैसा रसम्मानपत्र रहेको छ ।
13900473_10204928847219626_650434441_n 13957639_10204928847339629_721989931_nमहासंघले आज एक कार्यक्रमकावीच उक्त पुरस्कार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट र नेजाका वरिष्ठ उपाध्यक्ष गुणराज लुइँटेलले संयुक्त रुपमा पत्रकार केसीलाई प्रदान गर्नुभएको थियो ।

यसैवीच गत जेष्ठ ३० मा मोटरसाइकल दुर्घटनामा परी श्रीमती गुमाई आफू र छोरीसहित गम्भीर घाईते हुनुभएका रौतहटका पत्रकार नरहरि आचार्यलाई नेजाको संयोजनमा संकलित रु २ लाख ४५ हजार ९ सय ६४ रुपैया समेत सोहि कार्यक्रममा प्रदान गरिएको थियो । कार्यक्रममा महासंघका अध्यक्ष डा. विष्टले महासंघले पत्रकारको सामाजिक सुरक्षाका क्षेत्रका सञ्चालन गरिरहेका दुर्घटना बिमा, स्वास्थ्य उपचार सुविधा, जेष्ठ पत्रकार सम्मानबृत्ति, पत्रकार सन्तती शिक्षा बृत्तिलगायतका कार्यक्रमको जानकारी दिँदै नेजासँगको सहकार्यको बारेमा प्रकाश पार्नुभएको थियो भने नेजाका बरिष्ठ उपाध्यक्ष लुइँटेलले महासंघसँगको सहकार्यलाई निरन्तरता दिने बताउनुभएको थियो ।

कार्यक्रममा महासंघका उपाध्याक्ष खिलबहादुर भण्डारी, अनीता बिन्दु,  महासचिव उजिर मगर, सचिव प्रभात चलाउने, लेखा संयोजक दिपक पाण्डे तथा केन्द्रीय सदस्यहरु, सूचना विभागका महानिर्देशक रघुराम विष्ट, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, सञ्चार विज्ञ डा कुन्दन अर्याल, राससका महाप्रबन्धक निर्मला आचार्यलगायतको उपस्थिति थियो