आइतवार, बैशाख १६, २०८१

महासंघ -भारत च्याप्टरको कार्यसमिति पुर्नगठित 

 २१ अगस्तमा  बार्षिक साधारणसभा गर्दै

देबेन्द्र केसी / नयाँ दिल्ली , नेपाल पत्रकार महासंघ भारत शाखाका अध्यक्ष लोकेश शाहको अध्यक्षतामा बसेको शनिवार बसेको बैठकले मौजुदा तदर्थ कार्य समितिको पुर्नगठन गर्दै कार्यसमिति यसअघि महासचिवको जिम्मेवारी FNJ-logo-300x2461सम्हाल्दै आएकी आकांक्षा शाह सहित खुम गुरुड्ग र ईन्द्रकमल जैरु लाई सल्लाहकारमा   मनोनयन गरिएको छ ।

त्यस्तै बहुमतिय प्रणाली अनुसार कार्यसमितिमा महासचिव गोबिन्द पोख्रेल ,सचिव ॠषि राम अधिकारी र सहसचिबमा अर्जुन खनाललाइ जिम्मेवारी दिईएको छ भने महासंघ प्रबक्ताको जिम्मेवारी देबेन्द्र केसीलाइ दिइएको छ । त्यस्तै  , कोषाध्क्षय र सहकोषाध्क्षयमा क्रमस देबेन्द्र कुँवर , बिके कृष्णा र हिमशिखरलाइ यसअघिकै जिम्मेवारी दिईएको छ । कार्य समितिसदस्यमा गणेश बिक , ललित सुनार , एन्जिला निरौला , पुजा शाह, बिस्वास शाह र केशवराज पोख्रेल रहनु भएको छ ।
त्यस्तै भारतको मुम्बईमा छरिएर रहेका नेपाली पत्रकारलाई महासंघको मुलधारमा समेटदै आगामी २१ अगस्तमा प्रथम बार्षिक साधारण सभा गर्ने निर्णय गरेकोभारत शाखाका अध्यक्ष लोकेश शाहले जानकारी दिनु भएको  छ ।