मङ्लबार, बैशाख २५, २०८१

पर्सामा गाँजा तस्कर र प्रहरीबीच गोली हानाहान

काठमाडौं ज्येष्ठ ३१,  पर्साको शङ्करसरैया गाविसमा गएराति लागुऔषध कारोबारी र प्रहरीबीच गोली हानाहान भएको छ । गाविसको वडा नं download८ मा पर्ने भलुवही खोलाको बगरमा राति ११ः४५ बजेको समयमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको हो । तर गोली हानाहानमा दुवैतर्फ कुनै मानवीय क्षति नभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै समाचारमा पर्सा मकवानपुरबाट पर्सा भित्र्याउन लागिएको प्रतिबन्धित आगुऔषध गाँजा र चरेस नियन्त्रणमा लिन लुकेर बसेका सुरक्षाकर्मीलाई लक्ष्य गरी तस्करहरूले गोली प्रहार गरेपछि प्रहरी र तस्करवीच गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालय पर्सालाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ । दोहरो गोली हानाहानको घटनापछि प्रहरीले घटनास्थलका निरीक्षण गर्दा प्रहरीले १० वटा पोकामा १ सय किलो गाँजा फेला पारेका जनाउँदै घटनामा संलग्न रहेको गाँजा तस्करको पहिचान भएको र उनीहरूको खोजी भइरहेको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2016
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031