बिहिबार, बैशाख १३, २०८१

आज मुस्लिम समुदायले इद उल फित्र मनाउँदै

पर्वले हामी सबैमा भाइचारा, मेलमिलाप, एकता र शान्तिको प्रेरणा प्रदान गर्न सकोस् : राष्ट्रपति भण्डारी

काठमाडौ आषाढ २३, आज मुस्लिम समुदायले नमाजको वाचन सहित इद उल फित्र पर्व मनाउँदै  छन् । Anup_20160627_15अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन गएराती चन्द्रमा देखिएपछि मनाइने इद उल फित्रको अवसरमा खुसीपूर्वक दिनदुःखी एवम् गरिबलाई दान गरेर भोजन गराउँदै मुस्लिम समुदायले इद उल फित्र मनाउँने गर्दछ ।

मुलत आजको दिन मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख भएअनुरुप मुस्लिम धर्मावलम्बीले एक वर्षभित्रको बचत, साढे सात तोला सुन वा ५२ तोला चाँदी भए त्यस बराबर साढे दुई प्रतिशत नगद वा जिन्सी जकात अर्थात दान गर्नुपर्ने विधान रहेको सम्वद्ध समुदायले जानकारी दिदै त्यस्तै आजको दिन विशेष नमाज पढेपछि आफूभन्दा ठूलाबडा कहाँ गई आशीर्वाद लिइन्छ भने सानालाई आशीर्वाद दिदै एक आपसमा खुसी साटासाट गर्दै सेवइ र लछा बनाएर खाने प्रचलन रहेको छ ।

यसैवीच राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल फित्रका अवसरमा स्वदेश Captureतथा विदेशमा रहनुभएका समस्त नेपाली इस्लाम धर्मावलम्बी दिदी बहिनी तथा दाजुभाइमा सुखशान्ति र समृिद्धका लागि हार्दिक शुभकामना व्यक्त गर्दै देशभित्र बसोबास गर्ने विभिन्न जातजाति, भाषाभाषी र समुदायबीच आपसी मेलमिलाप, सद्भाव र भाइचाराको प्रवद्र्धन गर्दै आफ्ना ऐतिहासिक एवम् मौलिक संस्कृति र परम्पराको संरक्षण तथा सम्वद्र्धन गर्न महत्वपूर्ण योगदान पु¥याएको राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

रमादानका अवसरमा लामो उपवास बसेर आत्मा शुद्धीकरण गर्ने र आफन्तबीच खुसी साटासाट गरी मनाइने यस पर्वले हाम्रो आत्मा शुद्ध भई आपसी सद्भाव र सहिष्णुता अभिवृद्धि गर्न अझ बढी सहयोग पु-याउने हुँदा यो पर्वले हामी सबैमा भाइचारा, मेलमिलाप, एकता र शान्तिको प्रेरणा प्रदान गर्न सकोस् भन्ने राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।