शनिबार, बैशाख ८, २०८१

राष्ट्रपति भण्डारी विश्वकै ५२ औं शक्तिशाली महिलाको सूचीमा

काठमाडौं ज्येष्ठ २५,  नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी विश्वकै ५२ औं शक्तिशाली महिला भएकी छिन् । चर्चित पत्रिका फोब्र्सले सार्वजनिक गरेको विश्वका सबैभन्दा शक्तिशाली महिलाको नयाँ सूचीमा भण्डारी ५२ औं स्थानमा परेकी हुन् । फोब्र्सको शक्तिशाली सूचीमा नेपाली महिला पर्न सफल भएको यो पहिलोपटक हो । नेपालमा राष्ट्रपतिको पद सेरेमोनियल रहे पनि कार्यकारी प्रधानमन्त्री केपी शर्मा 20150322preps-on-to-promulgate-new-statute-on-republic-day-300x0ओलीसँग निकट सम्बन्ध भएको तथा लामो राजनीतिक अनुभव भएका कारण भण्डारीले राष्ट्रिय राजनीति तथा निर्णय निर्माणमा ठूलो प्रभाव पार्न सक्ने फोब्र्सले उल्लेख गरेको छ ।

महिला अधिकारकर्मी समेत रहेकी भण्डारीले संसदमा एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गराएको फोब्र्सले उल्लेख गरेको छ ।  जर्मन चान्सलर एन्जेला मर्केल लगातार छैटौं वर्ष सबैभन्दा शक्तिशाली महिलाको पहिलो नम्बरमा कायम छिन् । उनी अहिलेसम्म पटक पटक गरी दश पटक विश्वको सबैभन्दा शक्तिशाली महिला बनेकी छिन् । दुनियाका सबैभन्दा शक्तिशाली एक सय महिलाको सूचीमा ५१ जना अमेरिकी महिला छन् ।