मङ्लबार, बैशाख १८, २०८१

रकम हिनामिना गरेको आरोपमा अध्यक्ष सहित ३ जनाविरुद्ध मुद्दा दायर

काठमाडौ ज्येष्ठ २४, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी स्रोतबाट प्राप्त रकमको हिनामिना गरेको अभियोगमा दाङस्थित akhtiyar-600पञ्चकुले सरस्वती उमावि व्यवस्थापन समितिका अध्यक्ष, प्रअ र लेखापालविरुद्ध आज मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार विधालय भवन निर्माणमा क्रममा व्यवस्थापन समितिका अध्यक्ष बुद्धिराम चौधरी, प्रअ वासुदेव मल्ल र लेखापाल दलबहादुर वलीले विभिन्न आवमा प्राप्त रु आठ लाख ८२ हजार ६२ हिनामिना गरेको अध्ययनबाट खुलेको जनाउँदै निजहरुले झुटो बिल भर्पाई बनाई गैरकानुनी काम गरेको र अनावश्यक लाभ लिएको पाइएकाले उनीहरुबाट बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको जनाएको छ ।