मङ्लबार, बैशाख १८, २०८१

काँग्रेस केन्द्रीय समितिको बैठक:केन्द्रीय कार्यसमिति ८५ सदस्यीयनै कायम गर्ने सहमति

 काँग्रेसले अञ्चलस्तरीय संरचनालाई संशोधन गरी प्रादेशिक संरचनामा रुपान्तरण गर्ने

काठमाडौ फागुन १६, काँग्रेस केन्द्रीय समितिको आज भएको बैठकले विधानमा हाल कायम प्रत्येक अञ्चलबाट एक जना केन्द्रीय सदस्य निर्वाचन हुने प्रावधानलाई संशोधन गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकमा आसन्न महाधिवेशनबाट अञ्चलस्तरीय संरचनालाई संशोधन  गरी प्रादेशिक संरचना बनाईने र प्रत्येक प्रदेशबाट दुई जनाका दरले केन्द्रीय सदस्य निर्वाचन हुने प्रावधान राखिने सहमति सहित हाललाइ केन्द्रीय कार्यसमिति ८५ सदस्यीयनै कायम गर्ने र पदाधिकारी थप्ने सवालमा भने महाधिवेशनपछि हुने महासमितिको बैठकले निर्णय लिने नितिगत सहमति भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

यसअघि विधान संशोधन समितिले थप पदाधिकारीको व्यवस्था सहित कार्यसमितिलाइ ९७ जनाको बनाउने मस्यौदा बनाएको भए पनि देउवा पक्षले अस्वीकार गर्ने देखेपछि प्रतिवेदन बैठकमा पेस नगरिएको बुझिएको छ । त्यस्तै बैठकले महाविधेशनका लागि तयार पारिएको पार्टीको नीति तथा कार्यक्रम पनि सामान्य संशोधनसहित पारित गरेको नेताहरुले जानकारी दिनुभएको छ ।