शुक्रबार, बैशाख ७, २०८१

संस्थापन तर्फका नेतात्रयले आज आ-आफ्नो प्यालन घोषणा गर्दै

वरिष्ठ नेता देउवा पर्ख र हेर को नीती अन्र्तगत आफ्नो उम्मेदवारी घोषणा गर्ने तयारीमा

काठमाडौं फागुन १९, नेपाली कांग्रेसको आसन्न १३औँ महाधिवेशनका लागि आज संस्थापन खेमाका नेताहरुले भावी नेतृत्वको लागि आ- आफ्नो दावी प्रस्तुत गर्दै उम्मेदवारी घोषणा गर्ने भएका छन् । आज आफ्नो प्यालन सहित पार्टीका कार्यबाहक सभापति रामचन्द्र पौडेल,महामन्त्री कृष्णप्रसाद सिटौला,नेत्री सुजाता कोइरालाले सबै पदाधिकारीका लागि आफ्नो समूहबाट उम्मेदवारी दिनेको नामावली घोषणा गर्ने तयारी रहेको थाहा भएको छ ।

कार्यबाहक सभापति पौडेलले आजअपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा आफ्नोप्यालनको उम्मेदवारी घोषणा गर्दै छन भने स्रोतका अनुसार उहाँले महामन्त्रीमा शशांक कोइरालालाई उम्मेदवार बनाउने प्राय निश्चित भएको बुझिएको छ । तर कोषाध्यक्षको उम्मेदवार कसलाइ बनाउँने भन्नेमा कावा सभापति अझै निर्णयविन्दुमा नपुगेको बुझिएको छ।   त्यस्तैगरि महामन्त्री सिटौला नेतृत्वको प्यानलले पनि अपरान्ह ४ बजे पत्रकार सम्मेलन मार्फत उम्मेदवारी घोषणा गर्ने तयारी गरेको छ । सिटौला प्यानलमा महामन्त्रीमा गगन थापा उम्मेदवार बन्ने बताईएको छ । त्यस्तै कोषाध्यक्षको उम्मेदवार कसलाइ बनाउँदा राम्रोहुन्छ भन्ने सवालमा छलफल भइरहेकाले यो प्यानलमा पनि उम्मेदावर निश्चित भइनसकेको बुझिएको छ ।

त्यस्तै नेत्री एवम् विदेश विभाग प्रमुख सुजाता कोइरालाले पनि आजै १ बजे आफ्नै निवास मन्डीखाटारमा पत्रकार सम्मेलन मार्फत आफ्नो लवीका प्यालनल सहित उम्मेदवारी घोषणा तयारी गर्दै गरेको बुझिएको छ । त्यस्तै गरि पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवाको समूहले भने संस्थापन तर्फका घोषि उम्मेदावरको सूची हेर्दै पर्ख र हेरको निती अनुरुप उम्मेदवारी घोषणा गर्ने तयारी गरेको बुझिएको छ । यद्यपी उहाँको प्यानलबाट भन्दै मंगलवार महामन्त्रीमा काँग्रेस वरिष्ठ नेता अर्जुननरसिंह केसीले आफ्नो उम्मेदावरी घोषणा गरिकेका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
2829